बाटो भुली गयौ तिमि सम्झना मा बाचेको छु l
भित्रि मन थाती राखी तिम्रै याद साचेको छु  l

रोदनका आसु बोकी कतिन्जेल हासीएला l
थुंगा टिपी सपना को प्रिती माला गासेको छु l

श्रुति मधुर बाढी सुन्दा स्वर्ग पुगे सरि हुन्थे l
सम्झना का तस्बिरहरु हृदयमा टासेको छु l

गोधुलिका भेटहरु अनायसै भुलेपनि l
आउछौ भन्ने झिनो आशामा दशै औला भाचेको छु l
दशै औला भाचेको छु ll

प्रसन्ना खनाल

तपाईको प्रतिक्रिया

RELATED POSTS