बैशाख ७ , काभ्रेबाट हिडेर रोल्पा जान हिडेका मजदुरहरुलाई उर्जामन्त्रि बर्षमान पुन ‘अनन्त ‘ले उद्धार गरेर रोल्पा पठाएका छन् ।प्रधानमन्त्रीको निर्देशन अनुसार बाटोमा अलपत्र परेका नागरिकको उद्धार गरि गन्तब्यमा पुर्याउने नीति अनुसार इट्टा भट्टामा काम गरेर जिबिका गर्ने उनीहरुलाई उद्धार गरि जिल्ला प्रसासन कार्यालय काठमाडौँको समन्वय मा आज साझ दुइ वटा गाडीमा रोल्पा पठाइएको हो आइतबार साँझ भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका उनीहरुलाई उर्जामन्त्रि आफै भक्तपुर गएर बिदाइ गरेका थिए ।
