बैशाख १२ ,गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गएको आजकै दिन पाँच वर्ष पुरा भएको छ । आज भन्दा पाँचवर्ष अगाडी आजकै दिन ११ :५६ बजे उक्त भुकम्प गएको हो उक्त भुकम्पमा परि करिब नौहजार जनाले ज्यान गुमाएका थिए भने हजारौ अंगभंग तथा घाइते भएका थिए उक्त भुकम्पमा धेरै भौतिक संरचनाहरु भत्किएका थिए भने केहिको पुनर्निर्माण भएपनि कतिको थालिएको पुनर्निर्माणपनि अहिलेसम्म पूरा भएको छैन । गोरखा दरबार,सुन्धारास्थित धरहरा ,बसन्तपुर दरबार लगायतपनि पुनर्निर्माणको क्रममा छन् तेस्तै गोरखा भुकम्पको आज ५औ स्मृति दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीले संदेश जारी गरेका छन् ।पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको लागि रास्ट्रपतिले कामना गर्नुभएको छ । उक्त भुकम्प को बेला मा भुकम्प बाट प्रभावितको उद्धार, राहत तथा भौतिक संरचना मा भएको बिनासको पुनःनिर्माणमा उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ । “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।” संदेशमा भनिएको छ तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । साथै अहिलेको विषम परिस्थितिमा अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् । विगतेका पाँच वर्षको अवधिमा भूकम्प प्रतिरोधी र आकर्षक कैयौँ संरचना बनाउन सफल भएको तथा एक लाख ९० हजार घर पुनःनिर्माणको क्रममा रहेको निजी आवासतर्फ मात्रै हामीले करिब पाँचलाख घरको पुनःनिर्माण सम्पन्न गरिसकेको थप ७० वटाको योजना स्वीकृत भई पुनःनिर्माणको क्रममा रहेको नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भई नै सकेका तथा पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ, ६६९ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४५ पुनःनिर्माणको क्रममा छन् ।तेस्तै ३४९सरकारी भवनको पुनःनिर्माण गरिएको छ र ४९ पुनःनिर्माणको क्रममा छन् । कोरोनाको “शुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्य गर्दै आएका छौँ, यसबीचमा देखापरेका जुनसुकै समस्यालाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौँ, सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामी कहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन”, सन्देशमा भनिएको छ, “यस निम्ति हामीले समयमै चालेका कदमको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाईको एकता र समझदारी मुख्य कारक रहेको छ, यसरी विषम् परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु-याउनुहुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।”प्रधानमन्त्रीबाट जारी संदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS