बैशाख १४ काठमाडौँ , लकडाउन र यसको मोडालिटीबारे छलफलको लागि आज अपरान्ह दुई बजे मन्त्रि परिषद्को बैठक बस्दै छ ।  प्रधानमन्‍त्री केपीशर्मा ओलीले अपरान्ह दुई बजे बैठक बोलाउनु भएको हो ।सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम कायम रहेको विश्लेषण गर्दै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले  लकडाउन कम्तीमा एक साता थप्‍न सुझाव दिइसकेको छ।भने स्वास्थ्य मन्‍त्रालयले पनि लकडाउनलाइ अझै एक हप्ता निरन्तरता दिनु पर्ने प्रस्ताब पठाएको थियो ।सरकारले पहिलो पटक चैत्र ११ गतेबाट लकडाउन गरेको थियो भने पछि संक्रमितको शंख्या बढ्दै गएपछि पुन लकडाउन थपिएको हो ।तेस्तै हिजो सनिबार बसेको बैठकले आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ भने आज बस्ने मन्त्रि परिषद्कोको बैठकले लकडाउन बारे थप निस्कर्ष निकाल्ने छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS