बैशाख १४ काठमाडौँ ,आइतबार पर्सामा दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।  संक्रमण पुष्टि भएका दुवैजना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा रहेको र उनीहरु दुबैको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।पुष्टि संगै दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ।छपकैया मस्जिदमा रहेका भारतीय संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि  काठमाडौं स्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो। यस संगै नेपालमा कोरोना संक्रमित को संख्या ५१ पुगेको छ भने निको भएर फर्कने को संख्या १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS