जेठ ५ सोमबार,नेपालमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् आज दिउसोसम्म संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । फेरीपछि थप १८ जनामा पुस्टि भए संगै संक्रमितको संख्या ८० पुगेको छ ,थप संक्रमित हरुमा बाँके नैनापुरका १२ पुरुष ,धनुषाका २ पुरुष ,खोटांग हलेसीका १ ,दैलेख आठबिस -१ का १ पुरुष, सुनसरी र झापाका १ ,१ पुरुष रहेका छन् ।यो संगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने हालसम्म नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ,साथै संक्रमितमध्ये १ महिला र १ पुरुषगरि हालसम्म २ जनाको कोरोना संक्रमण बाट ज्यान गएको छ भने आज सम्म निको भएर ३६ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS