काठमाडौँ जेठ १३ ,नेपाल र भारतबीचको सिमा विवादबारे नायिका बर्षा राउतले दिएको अभिव्यक्तिले अहिले सामाजिक संजाल तातेको छ ।
अर्की नायिका प्रियंका कार्कीसंगको भिडीयो सम्बादका क्रममा सार्बजनिक भएको भिडीयो क्लिपमा उनले नेपाल र भारतको सिमा विवाद दुइ देशको बीचको रहेकोले टेबल टक गरेर हल गर्न आवश्यक रहेको बताएकी छिन ।सिमा विवादबारे दुवै देशका पत्रकारहरुले जनता बीच विवाद उत्पन्न गराएको छन् । यो त राम्रो भएन नि बार्ता गरेर समस्या समाधान गर्न पर्यो अब मैले मेरा भारतीय साथीहरु संग कसरि फेस गर्नु ? उनको येही क्लिपको कारण उनको सामाजिक संजालमा आलोचना चुलिएको हो उनको येही अभिव्यक्तिको क्लिपलाई दिएर धेरैले उनलाई सामाजिक संजालमा पब्लिक फिगर भएपछि उनीहरुले बोलेका कुराले धेरै प्रभाब पर्ने हुनाले बोल्दा विचार पुर्याएर बोल्नुपर्ने सुझाब दिएका छन् भने कसैले ‘यहाँ देशको छ चिन्ता, तिमी साथी साथी भन्छ्यौ।’
भन्दै व्यंग्य गर्दै पोस्ट गरेका छन् भने बर्षा राउतलाई भारत लैजान र नेपालको मिचिएको भुमि फिर्ता गर्नपर्छ भनेर संजाल तताई रहेका छन् भने केहिले उनको समर्थनमा अभिव्यक्ति दिएका छन् ।
