जेठ ११ काठमाडौँ ,नेपाली कांग्रेस पदाधिकारीको बैठक आज आइतबार २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्दैछ । दिउँसो २ बजे बस्ने उक्त बैठक मा हालको समसामयिक विषयमा छलफल हुने भएको छ। उक्त बैठकमा सरकारले सङ्घीय संसदमा दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने जनाइएको छ ।साथै कोरोना नियन्त्रण का लागि सरकार ले गरेका काम को समिक्षा गर्नुको साथै आफ्नो तर्फ बाट गर्न सकिने योगदानको सम्बन्धमा पनि छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
