जेठ ११ काठमाडौँ ,गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले भारत लगायत बिश्व बिभिन्न देशमा रहेका आफ्ना नागरिकहरुको विवरण संकलन गर्न सुरु गरेका छन्  बिश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले आफ्ना नागरिक कोअबस्थाको जानकारी लिन गुगल फर्म मार्फत बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाले बिदेशमा बस्ने नागरिकको विवरण संकलन  थालेको हो गाउँपालिकाले तयार पारेको गुगल फर्ममा आफु हाल रहेको देश,काम को अवस्था लगायत उल्लेख गर्न पाइने छ । यसको लागि नागरिकले आफु बसेको ठाउँबाट नै मोवाईलबाट नै फर्म भर्न सक्ने छन् भने यसबाट आफ्ना नागरिकको बिदेशमा रहेको समस्या ,अवस्था बारेमा पत्ता लगाउन सहज हुने सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।दुवै गाउँपालिकाले सार्बजनिक गरेको गुगल फर्मबाट कोरोना भाइरसका कारण आफु बसेको देस छोडी आफ्नो देश आउन चाहेमा र समस्या परेमा पनि उक्त फारम मार्फत जानकारी गराउन अनुरोध गरिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।‘गुगल फर्ममा  स्थायी ठेगाना, बिदेशमा रहेका हालको ठेगाना, बिदेशमा रहनुको कारण सवै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।’साथै गाउँपालिकाले उक्त फर्म गाउँपालिकाको वेवसाइट तथा फेसबुक पेजमा राखेको छ भट्टले भन्नु भयो नेपाल फर्कन चाहानेहरुले उक्त विवरण फारममा उल्लेख गर्नुभएमा आफुलाई क्वारेन्टाइनमा राख्नका क्वारेन्टाइन बनाउनको लागि पूर्वतयारीको लागि सहज हुने उनको भनाइ छ  ।

तपाईको प्रतिक्रिया

RELATED POSTS