असार १५ ,हेटौंडा उपमहानगरपालिका–४, को आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी सुष्मिता थापाको हत्याका आरोपीहरुलाई आज सोमबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ ।हत्यामा सुनियोजित रुपमा परिवारका सदश्य संलग्न भएको निष्कर्ष निकाल्दै प्रहरीले सुष्मिताका ससुरा प्रकाश थापा,सासू तुलसा थापा,अमाजू दुर्गा थापा र नन्द सीता थापा सहित चारजनालाई सार्बजानिक गरेको हो। घटनाको छानबिनको लागि प्रहरीले मृतकका ससुरा र नन्दलाई असार ४ गते नै नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान प्रक्रिया सुरु गरेको थियो ।असार १ गते राति १० बजेको समयमा भान्सा कोठामा नन्दसंग खाना खादै गरेको अवस्थामा ससुराले एक्कासि पछाडिबाट काठले हानेपछि नन्दले लौरोले हानेर उनको हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।दशैंको टिका थापेर ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको थियो ।पतिको सबारी दुर्घटनामा निधन भएपछि सुष्मितालाई परिवारले बारम्बार यातना दिदै आएको ,ससुराले सुश्मितालाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको र उक्त कुरा बाहिर आउदा आफ्नो सामाजिक प्रतिष्ठामा आंच आउनेका साथै छोराको निधनपश्चात् प्राप्त बिमा सामाजिक सुरक्षा कोष र कार्यरत संस्थाबाट प्राप्त रकमको विषयलाई लिएर परिवारमा कलह भएको र त्येही रकमको बिसयलाई लिएर सुश्मिताको हत्या भएको देखिन्छ राठौरले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS