साउन २६,सर्लाही-कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतबारको बैठकले निषेधाज्ञा जारी गर्न सिफारिस गरेपछि स्थानीय प्रशासन सर्लाहीले सोमबारदेखि लागु हुने गरेर सात दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । निषेधाज्ञा साउन २६ गते बिहान ६ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म जारी गरिएको हो । साथै बैंक तथा वित्तीय संस्था र कार्यालयबाट प्रदान गर्ने सेवा तत्काललाई बन्द गर्ने निर्णय भए पनि अत्यावश्यक तरकारी लगायत खाद्यान्न पसल सामाजिक दुरी कायम राखेर दिउसो २ बजे देखि खरिद बिक्रि गरिने र खानेपानी ,दुध ढुवानी ,फोहर मैला संकलन ,कृषिकार्य लगायतका काम सुचारु हुनेछन् अत्यावश्यक बाहेक अन्य कार्य तत्काललाई रोकिनुको साथै अत्यावश्यक काम बाहेक बाहिर निस्कन पनि निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS