भाद्र ११

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय धनकुटाले पुन : एक साताका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि  निरन्तर दुई सातादेखि जारी निषेधाज्ञा पुन : एक साताका लागि थप गर्ने निर्णय  बिहीबार अपरान्ह  बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको  बैठकले गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो  ।साथै बैठकले दैनिक उपभोग्य सामग्री बिक्रीका लागि बिहान ७ बजेदेखि १० र साँझ ५ देखि ७ बजेसम्म खुला गर्न दिने ,बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तर्क्रियाका नाममा मानिस भेला हुन नपाउने ,जिल्लाका सम्पूर्ण कार्यालयका कर्मचारीले प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना जिल्ला छोडेर जान नपाउने ,मास्क तथा सामाजिक दुरी अनिवार्य कायम भए नभएको कडा जाँच गरी अनुगमन  निर्णय गरेको छ । धनकुटामा जारी निषेधाज्ञा आगामी भदौ १७ गते मध्यरातसम्म जारी रहनेछ । संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा थप गरिएको विमलीले जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया

RELATED POSTS