काठमाडौँ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मनोबल वढाउन भोलि असोज १ गते अर्थात् बिश्व बिरामी सुरक्षा दिवसको अवसरमा राति ८ बजे घरघरमा दीप प्रज्वलन गर्न सर्बसाधारणलाइ आग्रह गरेको छ। स्वास्थ्यकर्मीको सम्मान र संक्रमितको मनोबल उच्च राख्न दीप प्रज्वलन गर्न आग्रह गरिएको स्वास्थ्य सेवा बिभागका उपचार सेवा महासाखा प्रमुख डा तारानाथ पोखरेलले बताउनु भयो। दीप प्रज्वलनको आग्रहसंगै कोरोना भाइरसबाट मृतु भएकाको सम्झनामा एक मिनेट मौनधारण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS