मठमन्दिरले सजिएको काठमाडौँ  शहर
कलाकृतिले भरिएको काठमाडौँ  शहर ।
लोकतन्त्रको आगमन संगै कुरुप भएको छ
गुण्डा,हत्यारा जालीहरुको सुरुङ्ग भएको छ ।।
हिन्दुहरुको आस्थाको प्रतिक काठमाडौँ शहर
बन्धु बान्धवको रास्ताको पथिक काठमाडौँ शहर
अधर्मी र अनैतिकताको सिकार भएको छ
अस्लिलता र अराजकताको विकार भएको छ ।।
मृदुभाषि सालिनता बोकेको काठमाडौँ शहर
सिस्टाचार शहर  सदाचार बोकेको काठमाडौँ शहर
क्रुरता र कुकर्म फैलाउने जोगी भएको छ
अस्मिता र आचरण लुटाउने कोठी भएको छ
पद्धति र प्रणाली बसाउने काठमाडौँ शहर ।।
कोशीदेखि कर्णाली अटाउने काठमाडौँ शहर
गरिमा र गौरब रेटेर कंगाल भएको छ
पहिचान र पौरख मेटेर जंघार भएको छ ।।
एस एस
ज्ञानेश्वर ,काठमाडौँ

तपाईको प्रतिक्रिया

RELATED POSTS