रुपन्देही — जिल्ला नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ सहित ५ कर्मचारी अख्तियार दुरुपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट गएको टोलीको फन्दामा परेका छन सेवाग्राहीसँग जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि १७ लाख रुपैयाँ घूस लिँदै गर्दा श्रेष्ठसहित नापी सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई घूससहित  सिद्धार्थ नगर नगरपालिका–१३ स्थित अशोका होटल नजिकबाट पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोग केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS